धादिङबेसी चैत्र २४ । नेपाल मगर संघ नीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आज धादिङवेसीमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको हल धादिङवेसीमा सम्पन्न भएको कार्यक्रमले दिनेश थापा मगरको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमितिको चयन गरेको छ ।
जसको उपाध्यक्षमा सूर्य बहादुर मगर, सचिवमा विष्णु थापा मगर, कोषाध्यक्षमा सरगम राना मगर रहनु भएको छ । नेपाल मगर संघ नीलकण्ठ नगरपालिकाका अध्यक्ष भिम बहादुर मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उप मेयर मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा सुरेन्द्र थापा मगर, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य हरि पाटा मगर र नीलकण्ठ नगरपालिका वडा नं. १२ का अध्यक्ष बाबुराम लम्साल रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले जनआन्दोलनदेखि नै मगरहरुको सक्रिय सहभागिता रहेको तथा मगर भाषा संस्कृतिको संरक्षणमा स्थानीय सरकार सहकार्य गर्न तयार भएको कुरा बताए ।