माओवादीबाट मेयर जितेका कुशवाहलाई जन्मकैदको फैसला

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २३, २०७४

काठमाडौं चैत २३ । माओवादीबाट केन्द्रबाट रौतहत कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित सियाराम कुशवाहलाई जन्मकैदको फैसला सुनाएको छ ।

उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले मेयर कुशवाहलाई जन्मकैदको फैसला सुनाएको हो ।

काशी तिवारी हत्या काण्डका आरोपित मेयर कुशवाहलाई जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले २० वर्ष कैदको सजाय सुनाइएको हो ।

मेयर निर्वाचित हुनु अघि उनी तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।

यस विषयमा मेयर कुशवाहले भने उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासको फैसला बारे आफुलाई थाहा नभएको बताए ।