काठमाडौं चैत २३। सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ ।
मुलपानी क्रिकेट मैदान आफैं बनाउने निर्णय गर्दै धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताए सगै सरकारी प्रस्तावअनुसार जग्गा हेर्न धुर्मुस सुन्तली पोखरा जाने तयारीमा छन् ।
पोखरामा क्रिकेट मैदान भएपनि रंगशाला बन्न सकेको छैन । पोखरा खेलकुदमन्त्री विश्वकर्माको गाउँ हो ।