धादिङ चैत्र २२ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी धादिङले जिल्ला शिक्षा अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
धादिङबेसी स्थित जिल्ला शिक्षा कार्यालयमा आएका अखिल क्रान्तिकारीका विद्यार्थीहरुले विभिन्न १० बुँदा माग समेटिएको ज्ञापन-पत्र बुझाएको हो ।
नयाँ शैक्षिक सत्रको पूर्व सन्ध्यामा विप्लव नेतृत्व निकट अखिल क्रान्तिकारीले माध्यामिक शिक्षा निःशुल्क शिक्षा, यातायातमा विद्यार्थीलाई ५० प्रतिशद छुट कार्यान्वयन गर्न, अनुमति र मापदण्ड विपरितका नीजि विद्यालयहरु खारेज गर्न र नीजि विद्यालयले निले चर्को शुल्कको वियषमा ज्ञापन-पत्र थियो ।
जिल्ला अध्यक्ष अटल शर्माद्वारा हस्ताक्षरित उक्त विज्ञप्ती प्याब्सन, एन प्यब्सन, नगर तथा गाउँपालिकाहरुमा समेत बोर्धाथ पठाईएको अध्यक्ष अटलले धादिङपोष्टलाई बताए ।