लापाका तात्किालिन जनसरकार प्रमुख खुकुरी प्रहारबाट सक्त घाइते

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १९, २०७४

धादिङ चैत्र १९ । धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगतको लापा तात्कालिन माओवादी जनयुद्धको उदगम थलो हो ।

त्यहि उदगम थलो लापाका तात्कालिन जनसरकार प्रमुख ७३ वर्षिया बुद्धे तामाङ अज्ञात समुहकोे धारिलो हतियार प्रयोगबाट घाइते भएका छन् ।

रुबिब्याली गाउँपालिका वडा न ५ लापामा राती अज्ञात समुहद्वारा दुबै खुट्टामा खुकुरी प्रहारबाट एकल रुपमा बासोबास गर्दै आएका बुद्धे तामाङ घाइते भएका हुन् ।

करिब राती २-३ बजेको समय तिर आर्इ सुरुमा बिजुली बत्ती बन्दगरेर उक्त वृद्ध माथी आक्रमण गरिएकोले आक्रमणकारीको पहिचान हुन सकेको छैन । हाल घाइते तामाङको स्थानीय स्वस्थ्य चौकीमा उपचार भइरहेको छ ।

घटनाको छनबिनको लागी सबिकको सेर्तुङबाट प्रहरी टोलि घटना स्थल पुगेर अनुसान्धान तथा आक्रमणकारीको खोजीकार्य जारी रखेको बताइएको छ ।

उक्त घट्नाको भत्सर्ना गर्दै माओवादी केन्द्र धादिङका रामबहादुर भण्डारीले एक विज्ञप्ती जारी गर्दै माओवादी जनयुद्धका एक सिपाही तथा तात्कालिन जनसरखार प्रमुखलाई ज्यानमार्ने आसयले आक्रमण भएको भन्दै उक्त आक्रमणको घोर भत्सर्ना गरेका छन् ।

विज्ञप्तमिा भनिएको छ, नेता बुद्धेतामाङलाई योजना बद्धरुपमा आक्रमण गरिएकोले तत्काल आक्रमणकारीको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरीलाई आव्हान गर्दर्छौ ।