धादिङ चैत्र १८ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तरगत प्रदेश क्षेत्र नं. २ का सांसद डा. रामकुमार अधिकारीले उर्जा मन्त्री बर्षमान पुनलाई बुढीगन्डकी जलाशययूक्त परीयोजना बारे ज्ञापन पत्र बुझाएका छन् ।
परीयोजना सम्बन्धी हालसम्मको सम्पूर्ण गतिबिधी र समस्याहरु सहित सुझाबवहरु समेटिएको ज्ञापन पत्र आईतबार डा. अधीकारीले मन्त्री पुनलाई बुझाएका हुन् ।
विश्वका ८ ठुला आयोजना मध्य पर्ने यस बुडीगण्डकी परियोजनाबाट १२०० मेगा वाट विद्युत उत्पादन हुने यस आयोजनाले ६३ वर्ग किलो मिटरको क्षेत्रफल ओकट्छ । धादिङको १३ र गोरखाको १४ वटा साविकका गाविस प्रभावित पार्ने यस परियोजनाबाट ६० हजार रोपनी जग्गा डुबानमा पर्ने छ ।
अधिकारीले ज्ञापन पत्र मार्फत डाक्टर अधिकारीले डुवान क्षेत्र भित्रका जग्गाको मुअब्जाको विवरण र मुल्य निर्धारण सम्बन्धी समस्या बारे जानकारी गराएका छन् । परियोजनना सम्पन्न गर्न महत्वपूर्ण योजना र कार्यशैलिले प्रस्तुत हुन समेत डा. अधिकारीले मन्त्री पुनलाई आग्रह गरेका छन् ।
यस्तो छ ज्ञापन पत्र