गोरखा चैत्र १७ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पालुङटारलाई ४ नम्बर प्रदेशको नमुना नगर बनाउने उद्घोष गरेका छन् ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका-६ गाइखुर, कालामाटामा आयोजित ताल पोखरी मेलालाई सम्बोधन गर्दै श्रेष्ठले पालुङटारमा रहेको बिमानस्थल सुचारु गर्ने, ताल पोखरी, तालदेवि मन्दिर, चेपे, मर्स्यादी, लिग लिग कोट लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताए ।
प्रस्तावित स्मार्ट सिटिको रुपमा रहेको पालुङटारलाई व्यवहारमा कार्यान्वयन गरेर सम्मुनत स्मार्ट सिटि बनाउने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले कृषी क्याम्पस स्थापना गर्ने, औद्योगिक करिडोर स्थापना गर्ने र सडक बाटोको स्तरिकरण र निर्माणको लागि आफैले अगुवाई गर्ने बताए ।
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार सङ्ग समन्वय गरेर विकास निर्माणको काम अघि बढाउछु श्रेष्ठले भन्नुभयो स् खुसी गोर्खाली समृद्ध गोरखा जिल्ला अभियानमा समर्पित छु ।
विकासका लागि स्थानीय सामाजिक सस्था, बुद्दिजिवी र जनप्रतिनिधिको साथको अपेक्षा राखेको बताउदै श्रेष्ठले भन्नुभयो स् विकास सबैको लागि हो । विकास सहर केन्द्रित भयो । सहरको विकास सङ्गै अब नगर र गाउँ को सबै कुना कन्दराको विकास हुन्छ ।
गोरखा जिल्लाको समग्र विकासमा निरन्तर कृयाशिल रहेको बताउदै श्रेष्ठले बोलेको कुरा पूरा गरेको स्मरण समेत गरे ।
प्रत्येक बर्ष चैत्र पुर्णिामाको दिन ताल पोखरी युवा क्लबको आयोजनामा हुने मेलामा गोरखा जिल्लाको सबैभन्दा ठुलो धन राशि को १५ औ खुल्ला भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता र विविध सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।