बैशाख १३ मा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ हुने

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १३, २०७४

काठमाडौं चैत्र १३ । राष्ट्रिय फोटो पत्रकार समूह एनफएपीजे आज पत्रकार सम्मेलन गरेर ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ गर्ने बताएको छ ।

समुहका केन्द्रिय सचिव प्रदिपराज वन्तले एनफएपीजेको २१ औं वर्षगाँठ अवसरमा आगामी २०७५ साल बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर अवार्ड प्रदान गरिने बताएका हुन् ।

कार्यक्रममा देशभर विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटोपत्रकार साथीहरुको उच्च मनोवल वृद्धिको लागि उहाँहरुलाई प्रोत्साहन स्वरुप फरक फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र प्रदान गर्न अवार्ड राखिएको सचिव वन्तले जानाए ।

अवार्डका विधाहरु
१. लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७४ः लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रुपमा क्रियाशील फोटो पत्रकार तथा लामोसमय फोटोपत्रकारीता गरि हाल निवृत्त हुनु भएका हाम्रा गुरुहरु हरुमध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।
२. वर्ष उत्कृष्ट फोटोपत्रकारीता विधा: विभिन्न ११ वटा विधामध्येबाट उत्कृष्ट ठहर भएका एकजना फोटो पत्रकारलाई यो अवार्ड प्रदान गरिने छ । अवार्डमा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहनेछ ।
३. खेलकुद फोटोपत्रकारीता विधा: यो विधा अन्र्तगत खेलकुदको क्षेत्रमा उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।
४. पर्यटन तथा संस्कृति विधा: देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा उतार्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।
५. राजनैतिक फोटोपत्रकारीता विधा: देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।
६. दैनिक जीवन फोटोपत्रकारीता विधा: समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
७. मनोरन्जन फोटोपत्रकारीता विधा: मनोरञ्जन क्षेत्रका गतिविधिलाई फोटो मार्फत समाचार बनाउने फोटो पत्रकार यो विधाबाट पुरस्कृत हुनेछन् ।
८. आर्थिक फोटोपत्रकारीता विधा: व्यापार, व्यवसायलगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलाप फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन् ।
९. महिला फोटोपत्रकार विधाः महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला फोटो पत्रकारहरुमध्येबाट छनौट गरी एकजनालाई यो पुरस्कार वितरण गरिने छ ।
१०. उपत्यका वाहिर फोटोपत्रकारीता मोफसल विधा: राजधानी बाहिर रहेर सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् ।
११. अनलाईन फोटोपत्रकारीता विधा: विभिन्न अनलाईन समाचार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्ये एकजनालाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
१२. स्वतन्त्र फोटोपत्रकारीता विधा: विभिन्न संन्चार माध्ययममा स्वतन्त्र ढंगवाट फोटोको सेवा प्रदान गर्दै आउनु भएका फोटो पत्रकारहरु मध्ये एकजनालाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
१३. एनएफपीजे सक्रिय सदस्य विधा: राष्ट्रिय फोटो पत्रकार समूहका सक्रिय सदस्यमध्ये एकजनालाई यो राशीको पुरस्कार प्रदान गरिने छ । माथि उल्लेखित विभिन्न विधाको पुरस्कार रकम रु २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ ।

सहभागीताका लागि नियमहरु

१. यो अवार्ड हरेक वर्षको बैशाख १३ मा राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर गरिने छ ।
२. अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने छ ।
३. अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने अनलाईनको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ । आवेदन फारमसँगै एक प्रति पासपोर्ट साइजको फोटो, कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रुपमा समावेश गराउनुपर्नेछ ।
४. अवार्डमा सहभागी हुनका लागि आवेदन फारम संस्थाको आधिकारिक वेवसाइट
www.nfpj.org.np मा प्राप्त गर्न सकिने छ । सो आवेदन फारम अनलाईनबाट मात्र भर्न सकिनेछ ।
५. फोटोपत्रकारको रुपमा कहिले देखि काम गदै आएको हो र उक्त संस्थाको आधीकारीक परिचयपत्रको प्रतिलिपि समावेश गरिनु पर्ने छ ।
६. स्वतन्त्र फोटो पत्रकारको हकमा भने विभिन्न संचार माध्ययमले दिएको परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
७. देशभर फोटोपत्रकारीमा सक्रिय रुपमा कामगर्ने सम्पूर्ण पत्रकार साथीहरुले सहभागी जनाउन सक्ने छन् ।