उत्तम बिक
आजकल दैनिक करीब पाँच हजारको हाराहारीमा नेपाली युवाहरु विदेश पलायन भईरहेका छन् । झन्डै पचास लाख युवाशक्तिहरु यतिबेला परदेशी भुमिमा कार्यरत छन् । स्वदेशमा राम्रो आम्दानी नहुने देखेर पनि युवाहरु बिदेशिन बाध्य भएका हुन । नेपालको राजनैतिक अस्थिरता र रोजगारको अभाबका कारण पनि बिदेशिने युवाहरुको लहर बढेको देखिन्छ ।
देशको दक्ष जनशक्ति विदेशिदा देशको लागि जति घाटा भए पनि त्यस तर्फ सम्बन्धित निकायले सोच्ने र युवाहरुलाई बिदेश जानबाट रोक्ने कुनै ठोस योजना बनाउन सकेको छैन । रेमिटेन्सको भरमा देश चलेको हौवा पिटाएर दक्ष जनशक्ति बेच्न पल्केका दलालहरुको कारण धेरै नेपालीहरुले यतिबेला बिदेशी भुमिमा रगत र पसिना संग आफ्नो श्रम साटिरहेका छन ।
बिदेश जानु धेरैको लागी बाध्यता भएता पनि पछिल्लो समयमा बिदेश मोह रहर बन्न थालेको छ । स्वदेशमा काम गर्न राम्रो काम नपाउने काम पाईहाले पनि भने जति आम्दानी नहुने भएको कारण यतिबेला बिदेशीने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । झट्ट हेर्दा बिदेश सजिलो र फाईदाजनक देखिए पनि बिदेश सोचेजस्तो सजिलो र आम्दानीको लागी फाईदाजनक भने पक्कै छैन ।
बिदेशी भुमीमा गएर काम गरिसकेका नेपाली कामदारहरु बिदेशबाट स्वदेशमा फर्किएर आयमुलक काम गर्न चहान्छन भने स्वदेशमा रहेका युवाहरु बिदेश जाने र धन कमाएर धनी बन्ने आलिसन जिवन बिताउने सपना देख्ने गरेको धेरै उदाहरणहरु देख्न पाईन्छ । हेर्दा कमाउनको लागी बिदेश राम्रो देखिएता पनि बिदेशमा कमाउन त्यती सजिलो नहुने प्रवासमा रहेका नेपालीहरुको अबस्था देखेपछि मात्र थाहा हुन्छ । जसरी स्वदेशमा राम्रो सपना देखेर बिदेश पुगेका धेरै नेपालीहरु बिदेशमा अलपत्र परेर घरको न घाटको अबस्थामा भेटिन्छन तब मात्रै थाहा हुन्छ बिदेश के हो भनेर ।
नेपालको तत्कालीन अबस्थालाई हेर्ने हो भने यतिबेला बिदेश जाने मानिसहरु बाध्यता कम र रहर बढी भएको देखिन्छ । नत कुनै सिप नत शैक्षिक योग्यता भन्नै पर्दा अदक्ष कामदार यतिबेला बिदेश जानु भनेको सुखले दुख खोज्नु जस्तै हो । बिश्वका बिकसित मुलुकका कामदारहरु संग प्रतिस्पर्धा गर्नुपर्ने बिदेशको रोजगारमा नेपालीहरु धेरै जसो असफल हुन्छन ।
नेपाली कामदारहरु स्वदेशमा केहि कामको अनुभब नगरी हचुवाको भरमा बिदेश पुग्छन अनि भने जस्तो काम पाउन नसक्दा राम्रो कमाईको सट्टा दुख भोग्न बिवश हुन्छन ।
स्वदेशमा सिप सिकेर सम्बन्धित कामको लागी नेपाल सरकार तथा बैदेशिक रोजगार बिभाग मार्फत मान्यता प्राप्त मेनपावर कम्पनीबाट जाने कामदारहरुले केहि हदसम्म राम्रो काम पाउने गरेता पनि दलाल मार्फत चोर बाटो हुदै बिदेश पुग्नेहरुको अबस्था भने दयनीय रहेको बिभिन्न सञ्चारका माध्यम तथा सामाजिक सञ्जाल मार्फत सबैले देख्न सकिन्छ ।
स्वदेशको उब्जनी योग्य जमिन बाँझो राखेर राम्रो लगाउने र मिठो खाने सपनामा बिदेश जानु, अरुको देखासिखी गरेर साहुको महंगो ऋण लिएर वा भएको जायजेथा बन्दकी राखेर बिदेशको यात्रा तय गर्नु धेरै हदसम्म गलत हो । बिदेशमा गरिने जति मेहनत आफ्नो देशमा गर्ने हो भने बिदेशमा जति कमाउन नसकिएला तर धेरै हदसम्म आत्म सन्तुष्टि मिल्ने कुरामा दुईमत नहोला । धेरै जसो बैदेशिक रोजगारमा गएर फर्किएका नेपाली कामदारहरु अहिले स्वदेशमा आयमुलक काममा लाग्ने गरेका छन । कोहि कृषिमा, कोही पशुपालन त कोही ब्यापारीक क्षेत्रमा काम गर्न थालेको देख्दा लाग्छ बिदेश मोह रहर नभई बाध्यता हो ।
बिदेश जानको लागी सरकार र सम्बन्धित निकायले जुन खालको निति नियम तर्जुमा गरेको छ त्यही अनुसार चल्ने हो र दलालीकरण बन्द हुने हो भने धेरै नेपालीहरुले बैदेशिक रोजगारबाट दुख भोग्न पर्दैन थियो । तर यहाँ नेपाल सरकार र सम्बन्धित निकायमा काम गर्ने कर्मचारी देखी ठुलो पदमा कार्यरत हाकिमसम्मको मिलेमतोमा नियम बिपरित गैरकानुनी धन्दा गरिने भएको कारण धेरै सोझा सिधा नेपालीहरु ठगिने गरेको तितो यथार्थ छ जुन देश र जनताको लागी अभिसाप हो । कानुनी रुपमा हेर्दा सरकार तथा बैदेशिक रोजगार बिभागको नियम निकै राम्रो देखिन्छ तर ब्यबहारमा कार्यन्वयन भने भएको देखिदैन ।
किनकी देशको कानुन सोझा सिधा ब्यक्तीको लागी मात्रै लाग्ने हो पैसा र पावर हुनेहरुको लागी नत नियम नत कानुन सबै पैसाको पछि लागेको देखिन्छ । नेपालको मन्त्री, नेता, कर्मचारी देखि प्रशासन सम्मको मिलेमतोमा गरिब जनताहरु ठगिएका हुन्छन तर त्यसमा कसैको ध्यान गएको देखिदैन जहाँ पैसा र पावरमा कानुन किनबेच हुने गर्दछ ।
बिदेशमा गएर काम गर्नको लागी सीप, शैक्षिक योग्यता, कामको अनुभब हुनु पर्दछ । यि तिन कुरा भएमा स्वदेशमा मात्रै हैन बिदेशमा पनि राम्रो काम पाउन सकिन्छ । राम्रो कामको लागी नेपालमा दलालहरुले दिएको आश्वासनको भरमा कुनै पनि कामको अनुभब नभएका ब्यक्तीहरु बिदेश जानु भनेको दुख बेसाउनु नै हो । आफ्नो देशमा त दलालको पञ्जामा परिन्छ भने परदेशमा झन के होला अन्दाज गरौं त ? हो परदेश परदेश नै हुन्छ, नत त्यहाँ बिचरा भन्ने कोही हुन्छ नत भोक तिर्खा सोध्ने न,ै तै पनि बाध्यतामा परदेश पुगेर पछुताउनु शिवाय केहि हुदैन ।
तसर्थ परदेशलाई त्यती सजिलो र आम्दानीको थलो नसम्झौं जहाँ हजारौं सपनाहरु पुरा नहुदै मानिसको जिबनमा अनगिन्ती अप्ठयाराहरु आउन सक्छन । आफ्नै देशमा मेहनत गरौं सकेसम्म परदेश मोहबाट टाढा हौं । यदि परदेश नै जाने हो भने कामको अनुभब, सम्बन्धित देशको भाषको ज्ञान र नेपाल सरकार र सम्बन्धित निकाय बाट स्विकृत भएको बैधानिक बाटो मार्फत मात्रै परदेश यात्र तय गरौं धरै कमाउने सपनामा आफ्नो जिबन अन्धकार तिर नधकेलौं । राम्रो लगाउने र मिठो खाने सपना हैन घर परिवारको साथमा बसेर खोले सिस्नुलाई नै मिठो मानेर खाउ । अर्काको देशमा दास बनेर हैन आफ्नै देशमा मालिक बनेर जिउ ।
बिदेशमा गरिने जति दुख स्वदेशमा गरे स्वदेशमा पनि सुन फलाउन सकिन्छ सबैले आत्मसात गरौं । आगमी दिनहरुमा बिदेशिएका नेपालीहरु स्वदेश फर्किएर आएमुलक काममा खटिने अबसर नेपाल सरकार र सम्बन्धित निकायले गरुन । हामी सबै मिलेर देशलाई उन्नतिको बाटो तर्फ अगाडी बढाउन तिर लागी परौं आगमी दिनहरुमा कसैले पनि झोला बोकेर बिदेशिन नपरोस नयाँ बर्ष २०७५ सालको सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।