बेल्जियममा नेपाल आइडलका गायकहरुको प्रस्तुती हुने

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ११, २०७४

बेल्जियम चैत्र ११ । गैर आवासीय नेपाली संघ बेल्जियमले बहुचर्चित गायन रियालिटि शो नेपाल आईडल बिजेता बुद्ध लामा, निसान भट्टराई तथा प्रताप दाशलाई बेल्जियमको एतिहासिक शहर ब्लतधभचउभल मा निम्ता गरेको छ ।

प्रवासमा नेपाली गित सङ्गीत, भाषा संस्कृती परम्पराको संरक्षण र त्यसको प्रचारप्रसार गर्न आयोजित सास्कृतिक कार्याक्रममा उनीहरुलाई बोलाईएको गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहालले धादिङपोष्टलाई बताए ।

नेपाल आइडलका गायकहरुको टोलीले बेल्जियममा अप्रिल ७ मा आफ्नो प्रस्तुति देखाउनेछ। अन्तोर्पेनमा दिउँसो साढे २ बजेदेखि हुने कार्यक्रमबाट प्राप्त रकम मानवीय परोपकारी कार्यक्रममा खर्च गरिने अध्यक्ष दाहालले बताए ।