दार्खा सामुदायिक विकास समाजको अन्तर्क्रिया सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १०, २०७४

धादिङ खनियाँबास चैत्र १० । खनियाबास गाउँपालिका अन्तरगत दार्खाको विकास तथा समृद्धिको लागि गणेशकुण्ड मा वि दार्खामा एक अन्तर्क्रिया सम्पन्न भएको छ ।

दार्खा सामुदायिक विकास समाजका अध्यक्ष तेजसिङ गुरूङको अध्यक्षतामा भएको कार्यक्रम समाजका सचिव मरिचमान तामाङले सञ्चालन गरेका थिए।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले विचार प्रस्तुत गरिएको थियो । धादिङ नुवाकोट यूके समाजका अध्यक्ष चोकबहादुर तामाङले अन्य विकसित देशहरूको अभ्यास तथा अनुभव सुनाउनु सुनाएका थिए ।

दार्खा सामुदायिक विकास समाजका सल्लाहाकारहरू लगायत अन्य व्यक्तित्वहरूले महत्वपूर्ण सल्लाह दिएका थिए । मासिक वैठकमा योजना तर्जुमा गरेर दिगो विकासको पथमा लम्कनु पर्नेमा सबै सहमत भएको दार्खाबाट सहकर्मी गोपाल फ्यूवा तामाङले जानकारी दिनुभयो।