धादिङबेसी चैत्र ७ । धादिङबाट माध्यमिक शिक्षा (एसईई) परीक्षामा ६ हजार ३ सय ६२ जना परिक्षामा सहभागी हुने भएका छन् ।
बिहिबार ( चैत्र ८ गते ) बाट हुने माध्यमिक शिक्षा (एसईई) परिरक्षामा धादिङबाट नियमित तर्फ ६ हजार २ सय ६० जना र एक्जामटेड तर्फ १ सय २ जना विद्यार्थीहरुले परिक्षा दिने भएका हुन् ।
यस्तै प्राविधिक तर्फ जिल्लाभरबाट १ सय २८ जना बिद्यार्थीहरु सहभागी हुनेछन् । परीक्षा साधारण तर्फको चैत १७ गते सम्म र प्राविधिक तर्फको चैत २० गते सम्म संचालन हुनेछ ।
जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरीक्षक कृष्णकुमार श्रेष्ठका अनुसार जिल्लाभर २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । २६ जना केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २ सय ९२ जना निरीक्षक, १ सय ३९ जना सहायक कर्मचारी तोकिसकेका छन् ।
परीक्षा शान्तिपूर्ण ढंगले संचालन गर्नको लागि ३ सय ९० जना सुरक्षाकर्मी खटाईएको समेत निरक्षक श्रेष्ठले बताउनु भयो ।