नयाँ शक्ति धादिङका नेताहरु त्रिभुवनपार्कमा

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ३, २०७४

सरस्वती खाणँ
धादिङ चैत्र ३ । नयाँ शक्ति पार्टी नेपाल धादिङ-काठमाडौं सम्पर्क संयन्त्रले पिकनिक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङबाट काठमाडौं गई विभिन्न पेशा व्यवसायमा आवद्धहरुको काठमाडौं सम्पर्क संयन्त्रले शनिबार त्रिभुवन पार्कमा पिकनिक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

पिकनिक तथा भेटघाट कार्यक्रममा धादिङ जिल्लामा आर्थिक समृद्धिका लागि कृषिलाई आधुनिकीकरण गर्न प्रत्सोहान गर्ने, धादिङको कुनै एक गाउँमा एक नमुना कृषि क्षेत्र बनाउने, नयाँ शक्ति नेपाल पार्टी प्रत्यक्ष जनताको जीवन यापन सँग घुलमेल हुने जस्ता विषयमा गम्भिर बहस भएको बताईएको छ ।

कृषि क्षेत्रको विकास र व्यवसायीकरण अभिबृद्धिका लागि जिल्लामा कुनै एक स्थान छनौट गरि काम गर्न नयाँ शक्ति पार्टी नेपाल धादिङ- काठमाडौं सम्पर्क संयन्त्रका संयोजक विष्णु सापकोटाको संयोजकत्वको एक कमिटि समेत बनाएको छ ।

सापकोटाले यस अघि पनि जिल्लामा सामाजिक अभियान्ताको रुपमा कृषकहरुलाई सहयोग गर्दै आएका थिए ।

छलफल पछि भएको मनोरञ्जनमा नेता तथा कार्यकर्ता छमथमी नाचेका थिए ।

पिकनिक तथा भेटघाट महाधिबेशन आयोजक समिति सदस्यहरु राजेन्द्र केसी, कल्पना धमला, चक्रबहादुर भण्डारी, राजु नेपाल, जिल्ला संयोजक बिरबहादुर तामाङ, पर्यटन व्यवसायी सम्पर्क संयन्त्रका केन्द्रिय संयोजक इश्वर रिजाल प्रदेश संयोजक सोनाम सिङ स्याङ्ताङ, नेपाल समाजवादी ट्रेडयसनियनका सह-महासचिव केशव अधिकारी लगायतको सहभागिता रहेको संयोजक बिष्णु सापकोटाले धादिङपोष्टलाई बताए ।