धादिङ चैत्र २ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिका अन्तरगत लापामा बाख्राले अनौठो किसिमको पाठो पाएको छ ।
लापाका एक स्थानिय कृषकले पालेको बाख्राले चार खुट्टा विहिबार अनौठो किसिमको पाठो पाएको हो । जिउँदै जन्मे पनि केहि बेर पछि मरेको उक्त अनौठो पाठो हेर्न स्थानिय कृषकहरुको भिड नै लागेको थियो ।
सामान्यतया चौपाएको एउटा मुख, दुईवटा आँखा, शरिरमा रौं हुन्छन् । लापामा करिव करिव मान्छेको बच्चा जस्तो पाठो पाए पछि विज्ञानका लागि किन यस्तो हुन्छ, खोजको विषय बनेको छ ।
यस अघि पनि चौपाएले २ वटा मुख भएको ६ वटा ख्ट्टा भएको पाठा पाठी पाएको घटनाहरु सर्वजनिक नभएका भने होइनन् । धादिङपोष्टका लागि तस्वीर सुमन घले