धादिङबेसी चैत्र १ । युवा संघ नेपाल धादिङ र YCL धादिङकाे संयुक्त अायाेजनामा बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रम सम्पन्न भयाे ।
कार्यक्रममा युवा संघ नेपाल र YCL नेपालकाे तर्फवाट निर्बाचित र धादिङवाट निर्वाचित माननियहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पाेलिटव्युराे सदस्य, पुर्व परराष्ट्र मन्त्री, युवा फांट प्रमुख कमरेड महेन्द्र पाण्डेले सम्मान गर्नु भयाे ।
सम्मानित हुनु हुनेमा माननीय कमरेडहरु राजिव पहारी, चन्द्र लामा, मन्जु यादव, दुर्गा वि क, खेम लाेहनी, सुनिता चाैधरी, भुमी त्रिपाठी, जगत सिमखडा, डा रामकुमार अधिकारी, वलराम वास्काेटा लगाएत हुनुहुन्छ ।
कार्यक्रम प्रमुख अतिथिकाे रुपमा वाेल्दै महेन्द पाण्डेले सवै निर्वाचित माननियलाईहरुलाई वदाई दिदै भने अब युवा संघ र YCL ले अाफ्ना संगठन बिभागका प्रमुखहरुकाे नेतृत्वमा संगठनकाे ढाचा, भावी कार्यदिशा, कार्यक्रम लगाएतका विषयमा छलफल चलाउन शुरु गर्नुहाेस् भन्दै निर्देशन दिनु भयाे । अवकाे सरकार संग जनताकाे अपेक्षा वढी छ । यसलाई सकरात्मक शुझाव दिन सवैलाई अाग्रह गरे । युवाहरु विदेशीनु हाम्रो चुनाैति हाे । विदेशमा युवा राखेर देशकाे विकास हुन सक्दैन । सीप र दक्षतावाट निपुण युवाहरुलाई विशेष सुविधा सहित स्वदेश फिर्ता गर्नु पर्दछ । सामाजिक कुरितीवाट ग्रशीत समाजलाई परिवर्तन गर्नु छ जस्काे ज्वलन्त उदाहरण कैलालीको राधा चाैधरीकाे घटना हाे भन्दै खेद प्रकट गर्नु भयाे । दाेशीलाई कार्वाही गर्न सरकारलाई अाग्रह समेत गर्नु भयाे ।
कार्यक्रममा वाेल्दै संघका अध्यक्ष राजिव पहारीले भने जनताले दिएकाे अभिमतलाई खेर जान दिने छैन । युवाहरुका पक्षमा लागिरहने र युवाकाे मुद्दा कार्यान्वयनकाे लागि संसद र सडक दुवैकाे नेतृत्व गर्ने प्रतिवद्दता राखे ।
YCL का अध्यक्ष दिप शिखाले भने अब एकता कसैले राेक्न सक्दैन । दुवै पार्टी र संगठन चाडै नै एकता हुने भन्दै याे सरकार संग ईतिहासमा नै वढि अपेक्षा रहेकाे छ । यसलाई हामी रचनात्मक सहयोग गर्नु पर्दछ भने ।
कार्यक्रममा अाफ्नाे प्रतिवद्दता मन्तव्य माननीय चन्द्र लामा, मञ्जु यादव, सुनिता चाैधरी, दिपा वि क, वलराम वास्काेटा, खेम लाेहनी, भुमि त्रिपाठी, जगत सिमखडा लगायतले राख्नु भयाे ।
संघ सचिव माधव वास्ताेला, क्रान्ति वुर्लाकाेटी र सचिवालय सदस्य रमेश अाचार्यले संगठनकाे तर्फवाट अाफ्ना धारणा राख्नु भयाे ।
कार्यक्रम युवा संघ नेपाल धादिङका अध्यक्ष दिपक खतिवडाकाे अध्यक्षतामा सम्पन्न भयाे भने संचालन संघका धादिङ सचिव काजी श्रेष्ठ र स्वागत YCL धादिङ अध्यक्ष राम व थापा पहाडले गरेेका थिए युवा संघका नेता सन्ताेष सिलवालले बताए ।