धादिङ फागुन ३० । जिल्ला प्रहरी कार्यालय धादिङले बेनिघाट रोराङ गाउँपालिकामा पक्राउ गरेको १० किलो गाँजा नष्ट गरेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको ग.६प.९४३१ को मोटर साईकल, ना.५४ प.६४५ नम्बरको स्कुटी र १० किलो गाँजा सहित २ जना सोमबार प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको थियो ।
पक्राउ गाँजा नष्ट गरिएको छ, भने पक्राउ पर्ने कास्की पोखराका २० वर्षिय समित सिल्पकार र सोहि स्थान बस्ने वर्ष २३ का पवनमणि लामिथानेलाई प्रहरीले सार्वजनिक गरेको छ ।