गजेन्द्र गुरुङ
धादिङ, रुबीभ्याली फागुन २५ । धादिङ उत्तरी क्षेत्रमा फैलिएको रुबीभ्याली गाउाँपालिका लापामा मृत्यू दर बढेको छ ।
विगत ३–४ वर्ष देखि लापा गाउँमा अप्रत्यासित रुपमा मृत्यूदर बढेको हो । राधारण रोग तथा सामान्य शारिरीक समस्य देखा पर्ने र मानिसको मृत्यू हुने गरेको छ । फागुन ४ गते लापा पाल्काका ग्याङ्स्त्रा तामाङको बिहान सुतेर उठी गाई भैसीलाई पानी दिन लाग्दा अचानक बेहोस भई ज्यान गयो ।
त्यसैगरी फागुन १९ गते लापा ध्युब्राङ्का बेकबहादुर कामीको सामान्य शारिरिक समस्या देखा पर्दैमा ज्यान गयो ।
यस्तै फागुन २२ गते लापा ठुलो गाउँ कै टेक्चोम तामाङको पनि अकल्पनिय मृत्यू भयो । फागुन महिना मात्र ५ जनाले लापामा ज्यान गुमाए यो पछिल्लो उदाहरण हो । अझै पनि लापामा १ दर्जन भन्दा बढी व्यक्तीहरु बिरामी छन् हेर्दा सामान्य समस्या तर ज्यानै जाने गरेको घटनाले लापाबासी आतङ्कीत छन् ।
स्वास्थ्य उपचारको लागी साह्रै भए हेलीकप्टर मगाउनु पर्ने उत्तरी धादिङको समस्या यथावत छ भने अर्को धामी झाँकीमा अझै विश्वसरत छन् यहाँका स्थानीय ।
केहि वर्ष यता लापामा महिनाको ३–५ जना सम्मले ज्यान गुमाई रहेका छन् । सामान्य रुघा खोकी, पेट् दुख्ने, रिगाटा लाग्ने, बेहोस हुने र ज्यानै जाने गरेका घटनाहरु बढेर गयपछि लापाबासी चिन्चित हुन थालेका छन् । लापामा भयानक रुप लिएको मृत्यूदरलाई स्वास्थ्यका नियमन निकाय, बुद्धिजीवी, स्थानिय सरकारको ध्यान गएको देखिँदैन ।
उमेरको कारण नभै यसरी मृत्यूदर बढ्ना थालेपछि स्थानीयमा चिन्ता बढ्नु स्वाभाविकै हो तर स्वास्थ्यगत समाधान र यसका कारणहरुबारे खोजविज गर्न अत्यन्त जरुरी भैसकेका छ ।