धादिङ, फागुन २३ । नेपालमा धेरै बन्द भए, धेरै बन्दको अनुभव गरेका नेपालीहरुले फेरि फागुन २५ र २६ गतेको २ दिनको मार खेप्नु पर्ने भएको छ ।
बन्द कर्ताले प्रर्चा मै ‘२५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला !’ भन्ने शब्द नै कोड गरेका छन् ।
बन्द कर्ता पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ समूहले ४ बूँदे माग राख्दै यहि फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हो ।
जनयुद्ध र आन्दोलनका घाईतेहरुलाई निःशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मानसहितको प्रमाणपत्र, पेन्सनसहितको ब्यवस्था गरौँ लगायतका माग राख्दै सो बन्दको आह्वान गरेको उक्त समूहले जनाएको छ ।