सरस्वती खाँड ठकुरी,
धादिङ फागुन २३ । धादिङबेसीमा फागुन १६ गते देखि सुरुभएको धादिङ महोत्सवको ९ औं दिन फागुन २४ गते बिहिबार धुर्मुस, सन्तली आउने आयोजकले बताएको छ ।
साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला कार्यसमिति धादिङद्वारा आयोजित धादिङ महोत्सव ०७४ मा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको ल्याइरहेको आयोजकले बिहिबार नारी दिवसको दिन धुर्मुस, सुन्तली ल्याउन लागेको हो ।
नेपाली हास्य व्यङ्ग्यमा लोकप्रिय बनेको यो जोडी भुकम्प पछि पुनःनिमार्णमा लागे सँगै थप लोकप्रियता कमाएका कलाकार हुन् । आयोजक संस्थाका सदस्य तथा सास्कृतिक समितिका संयोजक सुमन श्रेष्ठ भन्छन्- दैनिक जसो नै महोत्सवमा उल्लेख्य दर्शकहरुको उपस्थिति छ, तर फागुन २४ गते दर्शकहरुको उपस्थिति व्यापक रहने समेत बताए ।