काठमाडौं फागुन २१ । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी ३२ सदस्यीय टोली सहित नेपाल आइपुगेका छन् ।
दुईदिने औपचारिक भ्रमणका लागि अब्बासी सोमबार बिशेष बिमानबाट नेपाल आएका हुन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे छलफलका गर्न अब्बासी नेपाल आएका बताईए पनि उनको भ्रमण भारतिय हस्तक्षेपको बारेमा पनि सल्लाह दिन आएका अड्कल काटिएको छ ।
यद्यपी पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्ध लगायत आपसी हितमा छलफल हुने जनाएको छ ।