धादिङ महोत्सवमा ११ देशका कलाकारले नृत्य देखाए (फोटो सहित)

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २०, २०७४

धादिङ फागुन २० । धादिङबेसीमा जारी धादिङ महोत्सवको पाँचौ दिन ११ देशका कलाकारहरुले नृत्य देखाए ।

धादिङबेसी पुछारबजारबाट र्याली सहित महोत्सव स्थलपुगेका बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, इन्डोनेसिया, इजरायल, इटली, मलेसिया, टर्की लगायत ११ देशका कलाकारहरुले आफ्नो देशको लोक संगितमा नृत्य प्रस्तुत गरेका थिए ।

आयोजकले आकलन गरेको अनुपातमा दर्शकहरुको उपस्थिति भैरहेको महोत्सवमा जिल्लाका स्थानिय उत्पादनहरु स्थानीय कलाकारहरुको उल्लेख्य सहभागिता रहेको देख्न सकिन्छ ।