धादिङ महोत्सवमा चौथो दिन दर्शकको आइरो

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १९, २०७४

धादिङ फागुन १९ । धादिङबेसीमा जारी धादिङ महोत्सवमा दर्शकहरुको दिन प्रतिदिन चाप बढी रहेका देख्न सकिन्छ ।

महोत्सवको चौथो दिन दर्शकको चाप अत्याधिक रहेको देखिन्थ्यो । आयोजकले १२ हजार भन्दा बढी टिकट विक्रि भएको बताएको छ भने स्टलहरुको स्थानिय व्यपार पनि राम्रै भएको व्यवसायीहरुले बताएका छन् ।

फोटो पत्रकार संघ धादिङले अन्तराष्ट्रिय फोटो प्रदर्शनीमा राखेको फाटोहरु समेत महोत्सवमा प्रदर्शनी गरेको छ उक्त स्टलमा अधिकाँश दर्शकहरुले फोटो अवलोकन गरेका थिए ।

यस्तै, होलिस्टिक हेल्थ इन्टरप्राइजेजले राखेको स्टलमा कालो चामल र कालो कुखुराबारे जान्न दर्शकहरुको भिड नै लागेको देख्न सकिन्थ्यो भने स्थानिय उत्पादनहरु सल्यानटारको मास, मकैको खिर, स्थानिय जडीबुटी, रुबीभ्यालीका पथ्थरहरु दर्शकका आकर्षण बनेका थिए ।