धादिङ महोत्सवको तेस्रो दिनको अन्त्य तिर पानी परेपछि

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १८, २०७४

धादिङबेसी फागुन १८ । धादिङबेसीमा सुरुभएको धादिङ महोत्सव शुक्रबार तेस्रो दिन दर्शकहरुको चाप उल्लेख्य देखिन्थ्यो ।

दिनभर स्थानिय कलाकारहरुको प्रस्तुती नियालेर बसेका दर्शकहरु हाँस्यकलाकार जोगेन्द्र पानवालाको प्रस्तुती सकेर बद्री पंगेनीको लोक धमकाको पर्खाईमा थिए । तर बद्री पंगेनीले स्टेज तपाउनै नपाई एक्कासी हावाहुरी सहितको असिना पानीले स्टेज कार्यक्रमलाई पूर्णत असफल बनाई दियो । आयोजकले तत्काल सबै प्रवेशद्वारहरु खुल्ला गर्न आग्रह गरे । स्टलहरुका बार र छाना उडाए दर्शकहरुको भाग दौड मच्चियो ।

तर सबैको सतर्कताका कारण कुनै मानविय घटना भने हुन पाएन, स्टलमा राखिएका सामानहरु पानीबाट जोगिन सकेनन्, धादिङ पोटो पत्रकारले राखेको धादिङ जिल्ला चिनाउने फोटाहरु स्टलका छानो र बार भरपर्दो नहुँदा क्षेति पुगेको छ भने होलिस्टिक हेल्थ धादिङ र राखेको कालो चामल भिजेको छ भने लजिस्टक अन्ने पसलहरु होटल व्यवसाय पनि हावा हुरिबाट प्रभावित बनेका थिए ।

हात्तीको रौनक
धादिङबेसीमा हात्ती हिडेको यो पहिलो महोत्सव हो । यो महोत्सव धादिङबासीका लागि नयाँ प्रयोग भएको छ ।
आयोजकले सौराहादेखि ‘पुनमकली’ नामको हात्तीलाई दैनिक ४० हजार भाडा तिरेर हुन् ।हात्ती हेर्न र चढ्न देखि हात्तीको टाँङमुनी छिर्नेको उत्तिकै भिड देख्न सकिन्छ ।