धादिङबेसीमा जीवन शर्मा वाह वाह बने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १७, २०७४

धादिङबेसी फागुन १७ । धादिङबेसीमा सुरुभएको महोत्सवको दोस्रो दिनको स्टेज कार्यक्रममा जन गायका रुपमा परिचित जीवन शर्मा दर्शकको हाई हाईको पत्र बने ।

जनबोलीमा आधारिक जीवन्त बनेका जन गायक जीवन शर्माको मुखबाटै गित सुन्ने अभिप्रायले आएका धादिङ कुम्पुरका विश्व मगर भन्छन् जीवन शर्मा धादिङआउने भन्ने सुनेर आएको हुँ । उनका हरेक गितहरु मलाई मन पर्छ आज उन कै मुख बाट सुन्न पाए औधी खुसी लाग्यो ।

सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भइसक्यो अस्सी, झन् ठूला दुःखले घेरेको…

जनवादी गायक जीवन शर्माले ८० वर्षे वृद्धको वेदना समेट्दै ०४१ सालतिर गायका यो गीतले आज धादिङबासीले उनकै मुखबाट सुन्न पाउँदा वाह वाह पाएको हो ।

मधेसी, पहाडी, हिमालका हिमाली
सयौं जाति जनजाति हामी सबै नेपाली ।…

तलमा पर्‍यो बेसीको फाँट, माथि पर्‍यो कैलाश
यतिमा राम्रो मिलेको देश टुक्रिन्छ कि झैं भा’छ ।…

जस्ता बोलका गितहरु शर्माले गाएका थिए । ४५ वटा भन्दा बढी गीति एल्बम निकालिसकेका शर्माले पाँच सयभन्दा बढी गीत रेकर्ड गरेका छन् । वर्षौ पहिले गाएका शर्माका गिहरु अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

यस्तै कार्यक्रममा हास्यकलाकार राजु मास्टर र बल्छी धुर्वेले भर पुर मनोरञ्जन दिएका थिए । स्थानिय कलाकारलाई प्राथमिकता दिएको महोत्सव सास्कृतिक कार्यक्रममा दैनिक ३ जना मात्र राष्ट्रिय स्तरका कलाकार आउने आयोजकले बतायो ।