दार्खा स्थित गणेशकुण्डको ५६ औ वार्षिकोत्सव सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १६, २०७४

धादिङ, दार्खा । धादिङको खनियावास स्थित दार्खामा रहेको गणेशकुण्ड माध्यमिक विद्यालयको ५६ औ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार तामाङको अध्यक्षता र खनियावास गाउॅपालिकाका उपाध्यक्ष योमाया तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम बुधवार वार्षिक उत्सव सम्पन्न भएको हो ।

विद्यालयका प्रधानाध्यापक रविन्द्र चौधरीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

खनियावास गाउॅपालिका वडा नं ४ का वडाध्यक्ष हरिसिङ गुरूङले विद्यालयको प्रयोगशालालाई व्यवस्थित गर्न तीन लाख अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका थिए, भने वडा नं ३ का अध्यक्ष हरिलाल तामाङले विद्यालयलाई क्याम्पसमा अभिवृद्धि गराउन पहल गरिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउॅपालिका उपाध्यक्ष योमाया तामाङले विद्यालयलाई आवश्यक सहयोग गर्न गाउँपालिका सधै तत्पर छ । माग र योजनाको आधारमा कार्यपालिकाले निर्णय गरिने हुनाले सोही अनुसार माग गर्न आग्रह गरिन् ।

कार्यक्रममा विद्यार्थीहरूको तर्फबाट विभित सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको गोपाल फ्यूवा तामाङले जानकारी दिनुभयो ।