माओवादीले फागुन १९ र २१ गते सहिद सप्ताह मनाउने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १६, २०७४

धादिङ फागुन १६ । माओवादी केन्द्र धादिङले फागुन १९ र २१ गते २ दिन सहिद सप्ताह मनाउने भएको छ ।

माओवादी केन्द्र धादिङका रामबहादुर भण्डारीका अनुसार यी दुई दिन जनयुद्धमा सहादत प्राप्त सहिदहरुको सम्झनामा सहिद परिवार, वेपत्ता परिवारघाइते तथा अपाङ्गलाई सम्मान गरि सहिद सप्ताह मनाउन लागेको हो ।

फागुन १९ गते नीलकण्ठ खाल्टे र २१ गते उत्तरी धादिङ केन्द्रित कार्यक्रम गरि सहिद सप्ताह कार्यक्रम आयोजना गरेको छ ।

धादिङमा जनयुद्धको समयमा १ सय १२ जनाले माओवादीको आरोपमा राज्य पक्षबाट हत्या गरिएको थियो भने २६ जलाई वेपत्ता पारेको थियो ।

चुनाव पछिआफ्नो गतिविधि शुन्य प्राय बनाएको माओवादी केन्द्रको जिल्ला कार्यालय समेत देखिदैन नि भन्ने प्रश्नमा भण्डारी भन्दछन्, यस विषयमा सार्वजनिक मिडियामा धेरै नबोल्दा राम्रो होला, अब केहि दिन पछि कार्यलय पुन संचालनमा आउँछ ।