धादिङबेसी फागुन ४ । ‘सोनाम ल्होछारको प्रर्वधन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’ भन्ने मूल नाराका साथ धादिङबेसीमा २८५४ औँ सोनाम ल्होछार मनाइको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति धादिङको आयोजनामा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य जगत सिंखडाको विशेष आतिथ्यता रहेको थियो
प्रमुख जिल्ला अधिकारी श्याम बहादुर भण्डारी, धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २ ख का सांसद जगत सिंखडाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी, जिल्लामा रहेका प्रहरी प्रमुखहरू, विभिन्न गाउँ पालिकाका अध्यक्ष उपाध्यक्ष तथा वडा अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय स्तरका तामाङ कलाकारहरू रोशन तामाङ, राज वाइबा, आरम्भ तामाङ लगाएत स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति देखाएका थिए । साथमा गुराँस मिडिया हाउसका हास्यकलाकारहरूको पनि हाँस्य व्यङ्ग्य प्रस्तुति रहेको थियो ।