अमृत तामाङ
धादिङबेसी फागुन ४ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारा दिइएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल– प्याब्सन स्तरीय खेलकुद प्रतियोगिता सुरुभएको छ ।
अन्तर विद्यालय स्तरीय यस प्रतियोगितामा प्याब्सनमा आवद्ध भएका ३८ विद्यालयको सहयोग रहेको खेलकुद प्रतियोगिता तर्फ भलिबलमा छात्रा तर्फ ६ विद्यालय र छात्र तर्फ ९ वटा विद्यालयले प्रतिस्पर्धा गरि रहेका छन् ।
धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रतियोगिताको समापन गरिने गोविन्द बुढाथोकीले बताए ।
जारी खेलमा भलिबलको छात्र तर्फ एड्भान्स एकेडेमी, चिल्ड्रेनपार्क, मुनाल एकेडेमी र राइजिङ भिलेज सेमिफाइनलमा पुगेका छन् भने छात्रा तर्फको भलिबलमा सेमी फाइनल पार गर्दै एड्भान्स एकेडेमी र राइजिङ भिलेज फाइनल प्रबेस गरेका छन् ।
भलिबलको छात्र र छात्राको बाँकी सबै खेलहरु शनिबार सम्पन्न हुने आयोजकले बताएको छ । खेल शनिबार दिनको १२ बजे देखि धादिङबेसि स्थित चिल्ड्रेनपार्क आवासिय उच्चमावि प्राङ्गणमा हुने बताइएको छ ।
अन्य खेलहरु म्याराथुन ३ हजार मिटर दौड शनिबार बिहान, सिनियर एथ्लेष्टिक ९ बजे र जुनियर एथ्लेष्टिक १२ बजे हुने समेत आयोजक ले बताएको छ ।