काठमाडौ फागुन ३ । एमालेको कार्यदिशा जनताको बहुदलीय जनवाद (जबज) बारे कुरा नमिल्दा माओवादी केन्द्र सरकारमा नजाने संकेत देखाएको छ ।
एमाले र माओवादी केन्द्रकको एकता संयोजन समितिको बैठकमा माओवादी केन्द्रले माओवाद र २१ औं सताब्दीको जनवाद, माओवाद र जबज सबैलाई सँगसँगै महाधिवेशनका लागि बहसमा लैजाने प्रस्ताव गरेको थियो । तर एमालेले माओवाद र २१ औं सताब्दीको जनवादबारे असहमति जनाउँदै जबज छोड्न नसकिने बताएपछि माओवादी केन्द्र तत्काललाई सरकारमा नजाने संकेत देखाएको हो ।
माओवादी केन्द्रको उच्च स्रोतका अनुसार एमालेसँग एकताका लागि धेरै कुरा अझै मिल्न बाँकी छ । पार्टी एकता कसरी गर्ने, नेतृत्व के हुने, पार्टीको सिद्धान्त कस्तो हुने भन्नेबारेमा अझै पनि कुरा मिल्न नसकेको र याथास्थितिमा सरकारमा नजाले तर ओली सरकारलाई समर्थन गर्ने बताइएको छ ।