एड्भान्स एकेडेमीको मोबाईल एप्स सार्वजनिक

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ३, २०७४

धादिङबेसी फागुन ३ । धादिङ जिल्लामै पहिलो पटक एड्भान्स एकेडेमीले विद्यार्थीहरुको प्रगित विवरण दैनिक दैनिक हाजिरी हेर्न सक्ने मोबाईल एप्स सार्वजनिक गरेको छ ।

धादिङ जिल्लामा शैक्षिक उन्नयनका विभिन्न माध्यमहरु अपनाउँदै आएको एड्भान्स एकेडमीले पछिल्लो पटक सरकारी तथा नीजि विंद्यालय मध्य पहिलो पटक यस्तो मोबाईल एप्स बिहिबार सार्वजनिक गरेको हो

विद्यालय र विद्यार्थीको सबै गतिविधि अभिभावकहरुमाझ पुर्याउने उद्धेश्यले एड्भान्स एकेडेमीले एक एड्भान्स एकेडेमी एप्स औपचारिक रुपमा सार्वजनिक गरेको प्रिन्सिपल गोविन्द बुढाथोकिले धादिङपोष्ठलाई बताए ।

मोबाईल एप्स उद्घाटन गर्दै प्रमुख अतिथि नीलकण्ठ नगरपालिका उपमेयर मनराज भण्डारीले नीलकण्ठ नगरपालिकालाई स्मार्ट बनाउने कार्यलाई एड्भान्स एकेडेमीले एक खुड्किला थपेको बताएका थिए ।

जिल्ला शिक्षा अधिकारी माधवराज शर्माले जिल्लामै पहिलो पटक यस्तो प्रविधि प्रयोग गरेकोमा विद्यालयलाई हार्दिक धन्यवाद दिँदै हरेक शैक्षिक संस्थामा यस्तो मोबाईल एप्स आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा एप्सले एड्भान्स एकेडेमी विद्यार्थी र अभिभावकलाई जोड्न यो एप्लिकेसन संचालनमा ल्याएको विद्यालय कम्पनी संचालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोरखाली) ले बताए ।

यसरी हेर्न सकिन्छ एप्सबाट एड्भान्सको एप्सबाट विद्यार्थीको जानकारी

स्मार्ट फोनको प्ले स्टोरमा जाने Advance Academy सर्च गर्ने त्यसपछि यस्तो देखिन्छ

यसलाई आफ्नो माबाइलमा INSTALL गर्ने
यस्तो देखिन्छ

INSTALL भइसकेपछि Open गरेपछि विद्यालयले पोष्ट गरेका हरेक गतिविधि हेर्न सकिन्छ ।