धादिङ फागुन ३ । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रले काठमाडौ भक्तपुर लालितपुर बाहेक देश भरका सहकारीले संचालन गरेका रेडियोमा काम गर्ने पत्रकारहरुलाई सहकारी संचारकर्मी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौ स्थित सहकारी विभाग सँगैको प्रशिक्षण केन्द्रमा देशभरका ५० भन्दा बढी पत्रकार सहभागि संचारकर्मी अनुशिक्षण कार्यक्रम विहिबार सम्पन्न भएको हो ।
समापन कार्यक्रमका बोल्दै प्रशिक्षक एवम् प्रमुख अतिथि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आर्थिक समृद्धिको लागि सहकारी र सहकारी सदस्यलाई सुसुजित गराउने संचारकर्मीको महत्वपूर्ण भुमिका रहने बताउनु भएको थियो ।
केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका रजिष्टार भरतप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न यस तालिमलाई केन्द्रिय सुचना तथा संचार सहकारी संघले समन्वय गरेको थियो ।
२५-२५ जना मिलाएर दुई हलमा ५ दिन सम्म दिइएको अनुशिक्षण कार्यक्रममा धादिङबाट रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीबाट नारायण सिलवल, रेडियो धादिङ संचालन गरि रहेको ग्रामिण संचार सहकारीबाट सानुबाबु तिमिल्सिना र कृषि रेडियो संचालन गरि रहेको गाउँघर संचार सहकारीबाट भगवान भण्डारी समेत सहभागी रहेका थिए ।
तालिम दिने प्रशिक्षक र विषय
खेमराज आचार्य- सहकारी सिद्धान्तहरु
हुमलाल अधिकारी- सहकारी अर्थर मर्म
गौताम पंज्ञानी- सहकारी दर्शन, मुल्य र मान्यता
भरत आचार्य- सहकारी ऐन नियम
रघुराम विष्ट- सहकारी संस्थाको दर्ता नियमन र स्थानिय तहको भुमिका
कृष्ण पुडासैनी- सहकारीमा सदस्य केन्द्रीयता र सहभागिता
यशोदा तिम्सिना- सुचनाको हक र सहकारी
हरि नेपाल- सम्पत्ती सुद्धिकरण र सहकारी
गोपीनाथ मैनाली- सहकारी प्रवद्र्धनमा सरकारको भुमिका
केशवप्रसाद रेग्मी- सहकारी व्यवासाय र अन्य व्यवसाय बीच भिन्नता
रामबहादुर जी.सी.- सहकारी र संचार
नारायण प्रसाद आचार्य- सहकारी संस्था र छद्मभेषी संस्थाको पहिचान
घमराज लुँइटेल- विधागत पत्रकारीता र रेडियो कार्यक्रम
लेखनाथ ढकाल- सहकारीता र पत्रकारीता
अमृत सिमिल्सिना- स्रोत व्यवस्थापन
सरोज पौडेल- सामाग्री निमार्ण