१. नेपालको इतिहासमा सशस्त्र भिषण क्रान्तिबाट देशको ८०/८५ प्रतिशत भुभागमा सत्ता र सैन्य शक्ति संचालक गरेको माओवादी पार्टी अजाको दिनमा आएर डुब्न लागेको घाम जस्तै भएको छ ।
जनायुद्धले विभिन्न सफलता हासिल गर्दै फौजी रूपमा रणनीतिक आक्रमण सुरु हुँदै गर्दा पार्टी हेडक्वर्टरको अन्तरर्विरोध तला सम्म आयो ।यसैबीच फुण्डिवाङ्गको पोलिट ब्युरो बैठकमा लालध्वज (बाबुराम भट्टराई) ले भिषण रूपमा चल्दै गरेको जनायुद्धलाई शान्तिपूर्ण रूपमा अवतरण गराएर लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पेश गरे ।
बाबुराम लाई भारतीय दलाल ‘र अ’को एजेन्ड भन्दै पासाङ र अनन्तले आफु सङ्ग भएको पेस्तोल ताक्ने सम्म भए । बाबुरामले प्रचण्ड सामु आत्मसमर्पण नगरी अडिग भए पछि दोस्रो आलोक जबर्जस्त बाबुरामलाई बनाउदै थियोे।बाबुराम लगायत उनी निकट केही लाई पदच्युत गराए।बाबुरामको काउन्टरमा अन्तिममा देखाएर फौजी लडाइँ जितेर फड्को मार्ने र बाबुरामको कार्बहि पुष्टि गर्ने प्रचण्डको अहंकार योजना बन्यो । जस अनुसार सुरुमा आधारइलाकामा रहेको रुकुम खारा सैनिक गण आक्रमण गरि डिग विजयको ढोका खोल्ने ।
२. खाराको लडाइँ माओवादी को सर्बनाक हार जनायुद्ध कालमा योजनाबद्ध गरिएका प्रय फौजी आक्रमण हरु सफल नै थिए । लडाइँमा जित र हार हुनु स्वाभाविक मानिन्छ । आफ्नो अनुकुल योजना, भूगोल र मौसममा लडाइँ हार हुनु गम्भीर कुरा हो । प्रचण्डकै प्रत्यक्ष निर्देशन रहेको खारा लडाइँ जनायुद्धको सबैभन्दा सर्बनाक हार थियो । पार्टीको आन्तरिक अन्तरविरोध प्रभाव पुष्टि भयो । अनुकुल भुगोल, प्रयाप्त हातहतियार र प्रबिधि हुँदा पनि नराम्रो सङ्ग हर्न पुग्यो
। यो लडाइँको हारले माओवादीको जिबनलाई नै आर्कै मोडमा पुर्ययो । पार्टी पंक्ति र जनासेनाको मनोबिज्ञान नबुझिकन योजना बन्यो ।
सैन्य पंक्तिमा कमण्डर देखि तल सम्म लडाइँमा अबश्यक अनिवार्य सर्त बलिदानी भावना, उच्च मनोबल, कठिन भन्दा कठिनको सामना गर्ने जोस, जाँगर,उत्साह, टिम स्पिट थिएन ।बाबुरामलाई देखाउन जसरी भए पनि जित्ने र कब्जा गरेर त्यही क्यम्पिङ गर्ने र आर्को लडाइँ पनि त्यहीबाट सुरु गरेर डिग विजयको सुरुवात गर्ने महत्वाकांक्षी योजनाको प्रचण्ड आफै आधार इलाकामा बसेर उस्तै समान हैसियत भएको दुई कमण्डर पासाङ र प्रभाकर लाई एड्भन्स गराए । एउटै लडाइँको लागि दुई कमण्डर, दुई अलग अलग योजना हारको मुख्य प्राविधिक पक्ष थिए । दुई कमण्डरले आ-आफ्नै तरिकाले योजना निर्माण गरेर कोचिङ र फिल्ड आदेश गरे । उच्च बलिदानी मानसिकता, आत्मबल नहुदा झन् धेरै क्षेती ब्यहोर्नु पर्यो ।
युद्ध स्थालमा नै करिब सय जनाको जनासेना मारिए तीन सय भन्दा बढी घाइते भए । २०६१ चैत्र २५ गते बेलुका ५ बजे देखि सुरु भएको लडाइँ २६ गते दिउँसो सम्ममा पनि लडाइँको तालमेल नमिलेपछि अन्तत ठुलो क्षेती ब्येहोर्दै रिट्र्ट भयो । रिट्रट पछि १० दिन सम्म चलेको घेराबन्दी लडाइँहरु झुल्नेटा, दलसिङे, कोटगाउँ, राँङकोट, भाबाङ लगायतको लडाइँ पनि सफलता मिल्न सकेन । यो युद्ध अभियानमा करिब २०० जना जनासेनाले जीवन उत्सर्ग गरे र कायौ अंगभंग भए । यो युद्धको हार र क्षेति मात्र नभएर प्रचण्ड, पासाङ र प्रभाकरको अपाराध नै थियोे । खारा लडाइँ हारले बाबुराम दोस्रो आलोक हुन बाट जोगिए । नयाँ निबन पाएका बाबुरामको कार्बही फिर्ता भयो र चुनुवाङ्ग बैठकको आयोजना गरियो ।
३. माओवादी जिबनको एक मोड थियोे चुनुवाङ्ग बैठक।माओवादीको चुनुवाङ्ग बैठक राजतन्त्रको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्र सम्म मात्रै थियो, संसदीय ब्यवस्थामा जाने छदैंथिएन । चुनुवाङ्ग बैठकले माओवादी आन्दोलन लाई ढुलमुल बनायो । बाबुरामलाई खुला आत्मले नस्विकार्नेहरु पनि उनकै एजेन्डा चुनुवाङ्गमा एक ढिक्का नै देखे । चुनुवाङ्गले धेरै भ्रम पारे । पार्टीको अन्तरबिरोध हल भएको भन्दै पुन पहिलेकै गति पक्डने कोसिस भए ।
त्यसपछि संसदबादी सात दल सङ्गको सहमति अनुसारको फौजी लडाइँ हरुको योजना बन्यो । मुख्य फौज गण्डकि, धौलागिरी र लुम्बिनी अञ्चलको केही जिल्लाहरु लडाइँमा सामेल भए । काठमाडौ उपत्यका भित्र र वरिपरि मकवानपुर, सिन्धुपाल्चोक लगायत पुर्ब, पश्चिम देशै भरी युद्ध मोर्चा खोलियो ।
४. ६३ साल मंसिर ५ गते बिस्तृत शान्ति सम्झौतमा जनयुद्धको अन्त्य घोषणा गर्दै सेना र हतियार UN मतहतमा थन्क्यउनु माओबादी आन्दोलनको पहिलो उच्च गिरावट थियो ।
५. संसदीय रंगमंचमा खेल्ने अनुभव नहुॅद र नजानिद राष्ट्रपति निर्वचनमा चिप्लीदॅ सेनापति प्रकरणमा पल्टीयो,सख्त घायल हुॅदा केही गर्न सकेन । माओबादी आन्दोलनको यो दोस्रो उच्च गिरावट थियो ।
६. सेनासंयोजनको प्रक्रियामा UN को डिजाइन DDR (Disarmament, Dimobilization and Reintegration)
पहिलो- जनासेना लाई हतियार बाट अलग गर्ने
दोस्रो- जनासेनाको संगठन र चेन अफ कमण्ड विघटन गराउने ।
तेस्रो- पुनर्संरचना वा पुनर्स्थापना को नाममा सामान्य नागरिक वा जनाजिवनमा फर्काउने । सेना संयोजनको नाममा DDR पुर्ण रूपमा लागु गर्यो र सम्पूर्ण माओवादी आन्दोलन बाट प्राप्त सबै सैन्य शक्तिलाई नेपाली सेना समक्ष बुझयो । माओबादी शक्ति राजनैतिक र फौजी तागत दुवैमा गल्यो ।बस्तबमा जस्ले जसरी भनिए पनि यो आत्मसमर्पण र गद्दार नै थियो । यो तेस्रो र अन्तिम गिरावट नै आजको परिणाम रह्यो
७. यिनै एजेन्डाहरु पार्टी भित्र सहमति हुन नसक्दा पार्टी बिभाजन भयो । अन्ततःपहिलो राष्ट्रपति निर्वाचनबाट पल्टिएको माओवादी कहिल्यै उठन सकेन बरु संसदीय आहल मै डुबिरहे र जिन्दगीभर सत्तोसराप गर्दै आएको एमाले मै बिलयको अन्तिम अबस्थामा पुगे ।
प्रकाशित: मिति २०७४ फागुन १