धादिङबेसीमा फेरि सात दिने पत्रकारीता तालिम सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०७४

धादिङबेसी माघ २३ । धादिङबेसीमा ग्लोरियस ग्लोरियस कलेजले सोमबार मात्र आधारभुत पत्रकारिता तालिम सकेको भोलि पल्ट धादिङबेसीमा धादिङ संचार प्रालिले सात दिने पत्रकारीता तालिम सुरु गरिएको छ ।

मंगलबार देखि सुरुभएको धादिङ संचार प्रालिले सात दिने पत्रकारिता तालिममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख ढुंगानाले नीलकण्ठ नगरपालिकाको समग्र विकासको लागि संचारकर्मीहरुको भूमीका महत्वपूर्ण हुने बताए । स्थानिय पुनर संरचना पछि धादिङका पत्रकारले जति स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिहरुलाई खवरदायी वा सुझाव दिनु पर्ने हो त्यो हुन नसकेको भन्दै पत्रकारीता थप चुस्त दुरुस्त हुन आवश्यक रहेको बताएका थिए ।

प्रायस धादिङका हरेक समारोह, भेला, सम्मेलनमा सँगै देखिने नीलकण्ठ नगरपालिकाका प्रमुख उपप्रमुख यस तालिममा पनि सँगै देखिएका थिए । कार्यक्रममा रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीका उपाध्यक्ष एवम् व्यवस्थापन समिति अधयक्ष समेत रहेका मनराज भण्डारीले जिल्लामा व्यवसायीक पत्रकारीता र आर्थिक समृद्धिका लागि कलम चाल्ने पत्रकारको आवश्यकता रहेको बताएका थिए ।