रोप्पा माघ २९ । २३ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महाचिव नेत्र विक्रम चन्द विप्लव जनयुद्धको केन्द्रविन्दु रहेको रोल्पा थबाङमा छन् ।
एकीकृत जनक्रान्तिको कार्यदिषा बोकेर आन्दोलनमा रहेका विप्लव थबाङमा रहँदा त्यस क्षेत्रको चर्चित डाँडा पर्ने जलजला अवलोकन गर्न पुगेका छन् ।
अवलोकनपछि महासचिव विप्लवले जनयुद्धको केन्द्र रहेको थबाङ र सबैको आर्दशको रूपमा रहेको जलजला पहाडलार्इ युद्ध पयर्टनको रूपमा विकास गर्न आफ्नो पार्टीले जुनसुकै भूमिका पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।