ओली र प्रचण्डको फेरि मंगलबार ‘वान टू वान’ वार्ता हुने

Avatar photo
Dhadingpost
सोमवार, माघ २९, २०७४

धादिङ माघ २९ । सरकार संचालन र पार्टी एकताको बिषयमा मंगलबार फेरी ओली र प्रचण्डले ‘वान टू वान’ वार्ता गर्ने भएका छन् ।

पार्टी एकता र सरकार संचालन सँग सँगै हुनु पर्ने, प्रधान मन्त्री र पार्टी अध्यक्ष फरक फरक व्यक्ति हुनु पर्ने माओवादी केन्द्रको अडानले निस्कर्ष निस्कन नसकेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ‘वान टू वान’ वार्ताले पार्टी एकतामा चिसोपन बढेको मिडियामा आए सँगै मंगलबार हुनलागेको ‘वान टू वान’ वार्ताले केहि निस्कर्ष निकाल्न सक्ने आकलन गरिएको छ ।
यस अघि उनीहरुवीच माघ २५ गते पनि लामो समय ‘वान टू वान’ संवाद भएको थियो ।

गत असोज १७ बामगठबन्धन बनाउँदा एमाले र माओवादीले चुनावलगत्तै एकता गर्ने बताएका थिए । तर, चुनावपछिको लामो समयसम्म एकताले आकार लिन सकेको छैन । नेताहरुको कोशिष भने जारी छ । चुनावछि अन्य काम भने बामगठबन्धन अनुसार नै गरेका छन् ।
एकताका लागि बेला बेला कार्यदल पनि बनाएर काम भएका छन् ।

एमाले नेता झलनाथ खनालको भनाईलाई मान्ने हो भने अव दुवै नेता अढाई–अढाइ बर्ष प्रधानमन्त्री हुने सहमति अनुसार पार्टी एकताको अन्तिम गृहकार्य भैरहेको छ ।