नेत्रावती परोकार समाजद्धारा मृगौला पिडितलाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २६, २०७४

धादिङ । नेत्रावती परोपकार समाज धादिङले नेत्रावती गाउँपालिका वडा नं २ को मृगौला पिडित देवकुमारी गुरुङलाई आर्थिक सहयोग गरेको छ ।
धादिङ जिल्लाको नेत्रावती गाउँपालिका वडा नं १ र २ लाई आफ्नो कार्यक्षेत्र बनाएर विपन्न वर्गको लागि विभिन्न सहयोगमुलक काम गरिरहेको यस संस्थाले मृगौला पिडित गुरुङको आर्थिक अवस्था सारै कमजोर भएकोले अप्रेसनको लागि आर्थिक सहयोग गरिएको जनाएको छ ।
मृगौलाको समस्याबाट पिडित देवकुमारी गुरुङको लागि संकलित १३ हजार रुपैया नेत्रावती परोपकार समाजका अर्थ सचिव योगेश घलेद्धारा पिडितको आफन्तलाई हस्तान्तरण गरिएको थियो ।