काठमाडौ माघ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटघाट भएको छ ।
स्थान समेत गोप्य राखी भएको वान टू वान भेटमा नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार ओलीको प्रधान मन्त्री र पार्टी अध्यक्ष आफै हुने र अन्य विकल्पमा छलफल गर्न भने पछि माओवादी अध्यक्ष प्रचण्डले दुबै पद एकै व्यक्ति हुनु पर्ने अडान नत्यगे सम्म सहमति नहुने सैकेत गरेको बताइएको छ ।
प्रचण्डले नयाँ सरकार गठन अगावै पार्टी एकता नभए सरकारमा सहभागी नहुने स्पष्ट पारेको स्रोतले जानकारी दियो । प्रचण्डले पार्टी एकताका लागि तत्काल कुरो मिलेन भने माओवादीले सरकार बाहिरै रहेर ओलीलाई समर्थन गर्ने बताएका उच्च स्रोतले बतायो ।