अर्जुन खतिवडा
धादिङ नेत्रावती माघ २५ । नेत्रावती गाउँपालिका वडा नं. ३ सेमजोङको साक्रेखोला डबजोङ सामुदायिक वनमा लागेको आगो स्थानीयबासीले नियन्त्रणमा लिएका छन् ।
आज (बिहीबार) दिउसो करिब २ बजेतिर एक्कासी वनमा आगलागी भएको खबरपछि जम्मा भएका स्थानीयबासीहरुले आगोलागि नियन्त्रण गरेका थिए ।
स्थानीय एक कृषकले जंगल नजिकै रहेको आफ्नो बारीमा राखिएको मकैको ढोड तथा पमत पतिङ्गरमा लगाएको आगो हावा हुरीले उडाउदा बनमा आगलागी हुन पुगेको स्थानीयहरुको भनाई छ ।
बेलैमा खबर पाएकोले आगो नियन्त्रण गर्न सकियो ठूलो क्षति हुन पाएन ति स्थानीयले भने । आगलागी सुरु भएको करिब ३ घण्टाको अवधिमा स्थानीयहरुले बनमा लगेको आगो पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।
वनमा आगो लागेको खबर पछि स्थानीयहरु आ–आफ्ना काम छोडेर नियन्त्रणको लागि गएकोले आगलागीबाट धेरै क्षति हुन नपाएको उनीहरुको भनाई छ ।
आगलागी भएको खबर पाएलगतै सयौंको संख्यामा स्थानीयबासीहरु पुगेकोले नेत्रावती डबजोङ गाउँपालिकाको पहिचानको रुपमा रहेको डबजोङ दरबार लगायतका ऐतिहासिक महत्व बोकेको संरचनाको सुरक्षा गर्न सकिएको उनीहरुले बताए । फोटोः किरण न्यौपाने