धादिङबेसी माघ २४ । धादिङबेसी सदरमुकाममा रहेको ग्लोरियस कलेजले आधारभुत पत्रकारिता तालिम सुरु गरेको छ ।
पछिल्लो समय धादिङमा पत्रकारितामा आउनेहरुको रुचि बढे सँगै २० जनालाई पत्रकार बनाउने लक्ष्य सहित बुधबारबाट ५ दिने आधारभुत पत्रकारिता तालिम सुरु गरेको कलेजका प्रमुख बिमल तामाङले बताएका छन् ।
पत्रकारिता तालिम उद्घाटन गर्दै एकीकृत माओवादी धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले समाजका ऐनाको रुपमा हेरिने पत्रकारहरु समाज विकास सँग प्रत्यक्ष जोडिएका हुन्छन् । नराम्रो कुरालाई कयौपटक लेखरे सत्य सावित गर्ने पत्रकारिताको कुरुप पक्षमा ध्यान दिँदै वास्तविक पत्रकाकारिता गर्न तालिममा सहभागिहरुलाई आग्रह गरेका थिए ।
जिल्लाका मिडिया र पत्रकारले धादिङको विकासका लागि उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै भण्डारीले तालिमा सहभागिहरुको उत्साहलाई थप प्रत्सोहान गरेका थिए ।