धादिङ माघ २२ । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समितिले पश्चिम तामसालिङ ब्यूरोका संयोजक नवराज तामाङलाई पक्राउ गरेप्रति भत्सर्ना गरेको छ ।
गजुरी प्रहरीले औषध बोकेको गाडी भन्दा पछाडी बाइकमा हिडेकै आधारमा नेकपा कार्यकर्ता पक्राउ पर्नु खेद जन्य भएको समेत विज्ञप्ती उल्लेख छ ।
नेता तामाङलाई ओसार पसारमा संलंगन हुन सक्ने आशङ्कामा पक्राउ गर्नु र संचारमाध्यममा सार्वजनिक गर्नू खेद जन्य भएको भन्दै विज्ञप्ती मार्फत भत्सर्ना गरेको हो ।
नेकपा कार्यकर्तालाई विना झुटो आरोप लगाउँदै पक्राउ गरिनु खेद जन्यभएको भन्दै जिल्ला सेक्रेटरी बुद्ध गुरुङको हस्ताक्षर भएको विज्ञप्तीमा भनिएको छ संयोजक नवराज तामाङ उक्त घटनामा संलग्न छैनन् ।
विज्ञप्ती जस्ताको तस्तैः