आज साँझ चन्द्रमा ग्रहण लाग्दै

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०७४

धादिङ, माघ १७ । आज (बुधबार) साँझ खग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाली समय अनुसार बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनु अघि नै ग्रहण सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

बेलुकी ८ बजेर ५७ मिनेटमा ग्रहण सकिने हुँदा ग्रहण सुरु हुनु पहिले नै सूतक बार्नुपर्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटदेखि अन्न नखानु राम्रो हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

बालक, बृद्ध, गर्भवती, सुत्केरीबाहेक अरु सक्नेहरुले बिहान ८ बजेर ५५ मिनेटदेखि बेलुकी ८ बजेर ५७ मिनेटसम्म अन्न नखाँदा राम्रो हुन्छ’ अन्नको सट्टा फलफूल, पानी खान सकिन्छ, समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेले बताए ।