धादिङ र गोरखाका ३ युवालाई चक्कु हाल्ने पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १६, २०७४

धादिङबेसी माघ १६ । धादिङबाट काठमाडौ चल्लने यातायत आइतबार ठप्प रहे, कारण थियो गाडी स्टाफ माथि चक्कुप्रहार गरेको भन्दै व्यवसायीहरुको आन्दोलन ।

राजधानीको बालाजुस्थित धादिङ बस पार्क नजिकै माछापोखरीमा धादिङ गंगा जमुना गाउँपालिका ७ का मान बहादुर घले, सिद्धलेक गाउँपालिका ४ का सुरज थापा र गोरखा भिमसेन गाउँपालिका ४ का सुवास लामिछाने, घाइते भएका थिए ।

तीन युवालाई चक्कु प्रहार गरेर भाग्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दाङ पुरन्धरा घर भइ हाल तारकेश्वर ११ मनमैजु हिलेडोल बस्ने तिलक बहादुर घर्ती, सोही स्थानमा बस्ने अनिष खड्का र दोलखा कालिञ्चोक १ घर भई स्वयम्भु बस्ने मिलन सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना पश्चात उनीहर तारकेश्वर ११ स्थित अभियुक्त मध्येका तिलक बहादुर घर्ति मगरको डेराकोठामा लुकिछिपि बसेको अवस्थामा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी निरीक्षक जनार्दन घिमिरेको टोलीले चक्कुसहित उनीहरुलाई पक्राउ गरेको हो ।

घाईते मध्येका मान बहादुर घलेको पेट तथा आन्द्राको विभिन्न भागमा र सुरज थापाको घाँटी, छाती, कोखा, ढाड र सुवास थापाको ढाडमा चोट लागेको छ ।

घाईते मध्येका सुरज थापाको वीर अस्पताल ट्रमा सेन्टर उपचार भइहेको छ भने अरु दुई जनाको सोह्रखुट्टेस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।