धादिङ माघ १५ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा माघ १९,२० र २१ गते राजधानीको भृकुटीमण्डपमा प्रथम अन्तराष्ट्रिय फोटो प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने भएको छ ।
उक्त प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोमा नेपाल फोटो पत्रकार संघ धादिङले पनि १ स्टलमा ३० वटा भन्दा बढी फोटोहरु राख्ने भएको छ ।
प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको एक्स्पोमा सहभागिता हुने उक्त प्रदर्शनीमा धादिङ लगायत ३३ शाखाहरुले समेत स्टल लिई फोटोहरु प्रदर्शनमा राख्ने आयोजकले बताएको छ ।
एक्स्पोमा अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले सहभागिता जनाउनेछन् ।
एक्स्पोमा कुल १ सय वटा स्टलहरु हुनेछन् जस्मा १३ ठूला र ८७ वटा साना स्टलहरु हुनेछन् ।
प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहने यस प्रदर्शनीको एक्सपोको समुद्घाटन् सम्माननिय उपराष्ट्रपति ज्यूले गर्ने प्रदिपराज वन्तले बताए ।