नियमावली सरोकारवाला सँग छलफल गरे रै बनाउँछौं -प्रमुख ढुङुगाना

Avatar photo
Dhadingpost
सोमवार, माघ १५, २०७४

धादिङबेसी माघ १५ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले हरेक नियमावली बनाउँदा सरोकारवालाहरु र विज्ञहरु सँग छलफल गरेरै बनाइने बताएका छन् ।

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नीलकण्ठ नगरपालिका धादिङले शिक्षाका पेशागत मुद्धालाई व्यवास्ता गर्दै एकलौटी तरिकाले नियमावली पारित गर्न लागेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो उक्त पत्र बुझ्दै प्रमुख ढुङ्गानाले चिन्ता नगर्नुस् सबै कुरा सरोकारवाला सँग छलफल गरेरै गरिन्छ भनेका हुन् ।

नगर शिक्षा समितिले नगर शिक्षा नियमावली निर्माण गर्दा शिक्षाका पेशागत मुद्धालाई व्यवास्ता गर्दै एकलौटी तरिकाले नियमावली पारित गर्न लागेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । संविधानमा माध्यामिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको र सो को कार्यन्वयनको चरणमा रहेकाले स्थानीय तहबाट अधिकार कार्यन्वयनको क्रममा शिक्षकहरुको हकहित बिपरितका गतिबिधिहरु देखा पर्न थालेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

अखिल नेपाल शिक्षक संगठन नीलकण्ठ नगरपालिका कार्यसमितका अध्यक्ष जनार्दन नेपालको नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा स्थानीय शिक्षा विनियम÷नियमावली निर्माणमा एकीकृत अखिल नेपाल शिक्षक संगठन लगायत शिक्षकका पेशागत संघ संस्थाहरुको सहभागिता सुनिश्चित गर्न, शिक्षक तथा विद्यालयका कर्मचारीक हकहित र मर्यादा बिपरित कुनैपनि निर्णय नगर्न, विद्यालयहरुको पूर्वाधार निर्माण कार्यलाई न्ययोचित वितरण गर्न, लगायतका बुँदा ध्यानकर्षणमा समेटिएको छ ।