धादिङ माघ १० । कोरियामा रहेको धादिङ समाजले विकट क्षेत्रहरुमा स्वास्थ्य सेवा पुर्याउन नेपाली चलचित्र ‘मिस्टर झोले’ प्रदर्शन गर्ने भएको छ ।
काठमाडौँ उपत्यका तथा देशका विभिन्न सिनेमा घरहरुमा व्यापक रुपमा प्रदर्शन भएको मिस्टर झोले अब कोरियामा प्रदर्शन हुने भएको हो । प्रदर्शनबाट उठेको रकम धादिङमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि उपयोग गरिने कोरियामा रहेको धादिङ समाजले बताएको छ ।
पेट मिचि मिचि हसाउने यस मिस्टर झोलेमा दयाहाङ राई, वुद्धि तामाङ, वर्षा राउत लगायत नेपाली सिने जगतका वर्तमान ख्याति प्राप्त कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र कोरिएमा आगामी जनवरि २८ मा प्रदर्शन गर्न लागिएको कोरियामा रहेका धादिङेहरुको साझा संस्था कोरिया धादिङ समाजले जनाएको छ ।
मिति: २८ जनावरि २०१८ (आईतबार)
समय: दिनको १:०० बजे
स्थान: जोग्यसा गुम्बाको हल
जाने तरिका: Seoul Metro Line No. 1 को 종각 Station Gate No. 2 बाट सिधा पर ।
थप जानकारीका लागि
शन्तोष अधिकारी: ०१०२१६२७२०४
भरत सूबेदी: ०१०२२१०९१३८
शंकर नेपाल: ०१०४६३९९१५३
बसन्त सिमखड़ा:०१०६९५६४८१८
रमेश श्रेष्ठ:०१०४२०६५६५३
फलिन्द्र ईंटनी:०१०३०५९५२२४
यात्री राज:०१०६४६७१६४९