धादिङ माघ १० । जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलले डढेलो नियन्त्रण सामाग्री वितरण गरेका छन् ।
चैत बैशाखमा हुन सक्ने डढेलो नियन्त्रणका लागि समय मै नियन्त्रण सामाग्री जिल्ला भर पुर्याउने योजना अनुरुप डढेलो नियन्त्रण सामाग्री वितरण वन उपभोक्ता समितिलाई वितरण गरिएको प्रमुख पौडेलले बताए ।
हामीले डढेलो नियन्त्रणका लागि चैत बैशाख दुई महिना विभिन्न प्रचारमाध्यमबाट जनचेतना मुलक सामाग्री पनि प्रशारण प्रकाशन गर्दै आएका छौ पौडेलले भने ।
NCDC ले सहयोग गरेको उक्त सामाग्री जिल्ला वन कार्यालयले जिल्लाभर रहेका वन उपभोक्त समितिहरुलाई वितरण गरिने बताइएको छ । तस्वीरः रञ्जित सिलवाल