धादिङबेसी माघ ५ । धादिङबेसीमा भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौँ जिल्ला सम्मेलनमा शिक्षक संगठनका अध्यक्षहरुले स्थानीय तहको कार्यशैलीले शिक्षकहरु निराश हुनुपरेको बताएका छन् ।
प्रदेश कानुन बनि सकेको छैन, तर सम्पूर्ण अधिकार आफ्नो भएको बताउँदैँ शिक्षक नियुक्ति, कर्मचारी निलम्बन जस्ता कार्यहरु गरेको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष जिल्ला खिलबहादुर धमला, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बैकुन्ठ अर्याल र शिक्षक संघका अध्यक्ष विष्णुकुमार अधिकारीले आक्रोस व्यक्त गरेका हुन् ।
उनीहरुले अहिले स्थानिय तहका सदस्यहरुको चाकडी गर्नुपर्ने नत्र जागिरबाट हटाई दिन्छु, सरुवा गरिदिन्छु भन्ने लापा माविमा कार्यरत कर्माचारी हटाईनु जस्ता शैक्षिक अराजकताको विरुद्ध सबै शिक्षक संगठनहरु एक हुनुपर्ने बताएका थिए ।
स्थानीय तहको निर्णय भन्दा बाहिर जान सक्दिन -जिशिअ
मार्यक्रममा जिल्ला शिक्षा अधिकारी माधव शर्माले शिक्षक संगठनका अध्यक्षहरुले उठका विषयमा आफु गंभिर रहेको बताउँदै स्थानिय तह सँग छलफल गर्न सक्ने तर स्थानीय तहले गरेका निर्णय सच्याउन नसक्ने बताएका थिए । निर्देशिकामा स्थानिय तह सँग छलफल गरि निर्णयहरु कार्यान्वय गर्नु गराउनु भनिएकाले आफुले केहि गर्न नसक्ने बताए ।
पार्टी एकता अहिलेको वस्तुगत आवस्यकता -मल्ल
एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पुष्पविक्रम मल्लले जनताले बाम गठबन्धनका लागि मतादान गरेका हुन् अब प्रचण्ड ओलीले नचाहे पनि पार्टी एकताको विकल्प नरहेको बताएका थिए । मल्लले देश विदेश पार्टी भित्र अझै बाम पार्टी एकता हुन्छ त ? भन्ने प्रश्न आउनुमा पार्टी एकता हुन नदिने षडेण्त्र ठुलै छ तर प्रचण्ड र ओलीलाई विश्वको कुनै पनि तागतले फुटान नसक्ने भन्दै अब एकता हुन्छ त भन्ने प्रश्नमा रुमल्लिनु आवश्यक नरहेको बताए ।
समाजवाद यात्रामा शिक्षकको भुमिका -अधिकारी
उद्घाटनसत्रमा बोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले अब वैज्ञानिक समाजवादमा पुग्ने शैक्षिक रणनीति अवलम्बन गरिनु पर्ने बताए । उनले बिश्व सँग प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षकका विरुद्ध शिक्षकका अधिकार विरुद्ध स्थानीय तहले अंकुशलगाउन नहुने बताए । अब बाम एकता पछि तय हुने समाजवाद यात्रामा शिक्षकको भुमिका के हुने अहिले आफुहरु बहसमा रहेको समेत वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।
उद्घाटन सत्रका शिक्षक सहिद परिवार र पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । समाचार तयार पार्दा सम्म बन्द सत्र जारी रहेको छ बन्द सत्रले नयाँ जिल्ला कार्यसमिति चयन गर्ने बताईएको छ ।