धादिङको यी ११ कार्यालय चैतभित्र खारेज हुँदैछन्

Avatar photo
Dhadingpost
बिहिबार, माघ ४, २०७४

धादिङ माघ ४ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०४ अनुसार धादिङ जिल्लाको ११ सरकारी जिल्ला कार्यालय खारेज हुने भएका छ ।

ऐनको दफा १०४ मा स्थानीय सरकार सञ्चालन ऐन लागू भएको ६ महिनाभित्र जिल्लास्थित कार्यालयलहरूले आफ्नो सम्पत्ति, दायित्व र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्ने नियम अन्तरगत धादिङ जिल्लाको ११ कार्यालयहरु चैत देखि खारेज भएका हुन् ।

सरकारले ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ जारी गरेको २८ चैतमा ६ महिना पूरा हुँदै छ ।

स्थानीय विकास मन्त्रालयका सचिव थपलियाका अनुसार जिल्लाका खारेज हुने सूचीमा रहेका कार्यालयले २८ चैतभित्र आफ्ना कार्यालयको नाममा रहेको सम्पत्ति, दायित्व, कर्मचारी र बजेट स्थानीय तहलाई हस्तान्तरण गरिसक्नुपर्नेछ ।

खारेज हुने कार्यालय

  • जिल्ला प्राविधिक कार्यालय
  • जिल्ला कृषि विकास कार्यालय
  • जिल्ला पशुसेवा कार्यालय
  • जिल्ला घरेलु तथा साना उद्योग कार्यालय र विकास समिति
  • जिल्ला भू–संरक्षण कार्यालय
  • जिल्ला शिक्षा कार्यालय
  • जिल्ला तथ्यांक कार्यालय
  • जिल्ला भूमिसुधार कार्यालय
  • जिल्ला महिला तथा बालबालिका कार्यालय
  • जिल्लाका सबै विकास समितिहरू
  • जिल्लाका सबै प्रतिष्ठान र परियोजना