धादिङबेसी माघ ३ । धादिङबेशी साङकोष तिप्लिङ सडक निर्माणको मा सुचारु गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ ।
तिप्लिङसम्म पुग्न झण्डै २५ किलो मिटर बाँकी रहँदा झार्लाङमा स्थानियले सडक निर्माणमा अवरोध गरेको भन्दै रुबीभ्याली गाउँपालिका ( लापा, तिप्लिङ र सुर्तङ) का स्थानियहरुले डिपिआर अनुसार सडक निर्माण कार्यजारी राख्न प्रमसअ जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी लाई ज्ञापन पत्र बुझाएका हुन् ।
रुविभ्याली गाउँपालिका अर्थात साविकको सेर्तुङ, तिप्लिङ, लापा गाविसमा सडकले अहिले सम्म छोएको छैन । धादिङबेशी साङकोष तिप्लिङ सडक बन्ने भएपछि यस क्षेत्रका स्थानियहरु हर्षित बनेका थिए तर खनियाबास गाउँ पालिकाको झार्लाङ र दार्खा गाउँको डुन्डुरेमा पुगेर सडक निमार्ण कार्यमा अवरोध भएको हो ।
उत्तरी धादिङको धेरै गाउँ बस्तीलाई प्रभावित पार्ने एकमात्र सडक धादिङबेशी साङकोष तिप्लिङ सडक हो । सडक विभागले गत आर्थिक बर्षमा मात्र यो सडक हुँदै रसुवाको सोमदाङसम्म अध्ययन सम्पन्न गरिसकेको छ । डिपिआर सम्पन्न पश्चात भने यो सडकको स्तर उन्नतिका साथै नयाँ ट्रयाक खन्ने कार्यमा तिव्रता आएको थियो । तिप्लिङसम्म पुग्न अझै पनि २५ किलो मिटर नयाँ ट्रयाक खन्न बाँकी रहँदा खनियाबास गाउँ पालिकाको झार्लाङ र दार्खा गाउँको डुन्डुरेसम्म आईपुगेर स्थानियहरुले डिपिआर भन्दा बाहेकको क्षेत्रबाट सडक खन्न दवाव दिएपछि सडक निर्माण २ हप्ता देखि रोकिएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरबाट ठेक्का भै महालक्ष्मी साकुरा दिव्य ज्योति जे.भी.सँग सव कन्ट्रयाक्टमा काम गर्न सहमति भै डिभिजन सडक कार्यलय भरतपुरबाट स्वीकृत भएका ललितपुर धोविघाट ठेगाना भएका R.J. Construction Company Pvt Ltd. ले झार्लाङको डुन्डुरेबाट नयाँ ट्रयाक निर्माणमा काम गरिरहेको छ । सम्झौता अनुसार यो कम्पनीले तिप्लिङको अदा खोलासम्म झण्डै १८ कि.मी. नयाँ ट्रयाक निर्माण गर्नु पर्ने छ ।
सडक सुविधा नभएका कारण यस भेगको जनजीवन कष्टदायी छ । कमजोर आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक अवस्थाले यहाँको जीवन संघर्षमय छ । सदरमुकाप धादिङबेशीबाट तीन दिनसम्मको कठिन पैदलयात्रा गर्नु यहाँको बाध्यता हो । सामान्य स्वास्थ्य सेवाको लागि पनि सदरमुकाप धाउनु पर्ने बाध्यता छ । आपतकालिन उपचारको लागि लखौं खर्चेर हेलिकप्टरको व्यवस्था गर्नुपर्ने अवस्था छ । आर्थिक अवस्था कमजोर हुनेहरुले मृत्यु रोज्नुको विकल्प छैन ।
सडक असुविधाकारण विकास निर्माणमा प्रत्यक्ष असर परेको छ । भौतिक पूर्वाधारको विकासमा आवश्यक सामग्रीको ढुवानी पनि भारी बोकेर नै गर्नु पर्नाले खर्चिलो भएको छ । यसमा पनि भुकम्पले क्षतविक्षत पारेको बस्ती, जहाँ पुर्ननिर्माण सम्पन्न गर्नु छ । भौगोलिक विकटताकारण पुर्ननिर्माण कार्यमा ढिलाई भएको छ, जसकाकारण अधिकांस मानिसहरु यो कठिग्रीएका जाडोमा पनि अस्थायी टहरामा बसोबास गर्न वाध्य छन् सडक निमार्ण कार्य सुचारु गर्न स्थानियहरुले प्रमुख अधिकारी सँग ज्ञापन पत्र बुझाउँदै आग्रह गरे ।
बन्द हुनुको कारण
सडक अवरुद्ध गर्ने कार्यका स्थानीयलाई उत्ततेजित पार्ने कार्यमा लागेका भनेर इङ्कित गरिएका (गाउँपालिका अध्यक्ष रण्बहादुर तामाङ, वर्डा अध्यक्ष टेकबहादुर तामाङ र मंग तामाङ) मध्य मंगबहादुर तामाङले धादिङपोष्ट सँग कुरा गर्दै भने हामीले उत्तरी धादिङको गौरब बोकेको सडक निर्माणको काम अवरुद्ध गरेका छैनौ, अहिले डिपिआर भएको भुगोलमा गाउँहरु पर्दैन एक पटक सल्लाह गरौ बसेर भनेका हौँ, ठेकेदाहरु काम छोडेर गएका हन्, हामीले यहि गाउँबाट सडक खनिनु पर्छ भनेका छैनौ, मात्र स्थानियहरुको माग अनुसार गाउँ बस्ती भएका ठाउँबाट सडक खनियो भने सहज हुन्छ भन्ने हो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी भन्दछन्-
स्थानियको माग बमोजिम गाउँ टोल जोड्न स्थानिय रुपमै गाउँपालिकाले रकम विनियोजन गरि सडक खनिनु पर्छ तर यो धादिङबेशी साङकोष तिप्लिङ सडक डिपिआर अनुसार नै सडक निमार्ण हुन्छ । आफुले ठेकेदार कम्पनीलाई सडक निमार्ण सुचारु गर्न निर्देशन गरि सकेको र स्थानिय जनप्रतिनीधिहरुलाई पनि सडक निर्माण कार्यलाई सुचारु गर्न आव्हान गरि सकेको बताए ।
यो सडक धादिङ र रसुवाको सोमदाङ हुदै तिव्बतको केरुङसंग सम्बन्ध जोडिएको छ । तसर्थ यो सडकलाई व्यापारिक राजमार्गको दृष्टिकोणले विकास गर्नु जरुरी छ । त्यसैले यो गाउँ वा त्यो गाउँको विवाद निकाल्नु हुँदैन सडकले नछोएका गाउँहरुमा शाखा सडक निर्माण गर्नुपर्छ प्रमुख जिल्ला अधिकारी भण्डारीले भने ।