भूकम्प सूरक्षा दिवसमा वक्तृत्वकला प्रतियोगिता

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २, २०७४

धादिङ खनियाँबास माघ २ । “सबल समुदाय, स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार” विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

२० औ भुकम्प सूरक्षा दिवसको अवसरमा भूकम्प प्रविधि राष्टिय समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रम मदन गुरूङको सभापतित्व र खनियावास गाउॅपालिकाका उपाध्यक्ष योमाया तामाङ प्रमुख आतिथ्यता रहेको थियो ।

गणेशकुण्ड मावि र बृचेत माविका ८ जनाको सहभागिता रहेको प्रतियोगितामा डुक्पालामा तामाङ प्रथम, अकिला तामाङ द्वितीय र
सोस्मिता तामाङले तृतीय स्थान हासिल गरेको थियो ।

भूकम्प प्रतिरोधी घर निर्माणको लागि प्राविधिक सहयोग दिदै आइरहेको NSET ले सो प्रयोजनको लागि विविध सीपविकासका तालिमहरू समेत आयोजना गरिसकेका छन् ।